खेलकुद

राजस्थानले हरायो दिल्ली क्यापिटल्सलाई

0Shares

काठमाडौ,वैशाख ३: भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सले पराजय भोगेको छ । पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई हराएर विजयी शुरुआत गरेको दिल्लीले दोस्रो खेलमा भने राजस्थान रोयल्ससँग पराजय भोगेको हो । बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएर राजस्थानले पहिलो जित निकालेको हो । मुम्बईमा दिल्लीले दिएको १४८ रनको मध्यम विजयी लक्ष्य राजस्थानले १९.४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।
राजस्थानको जितमा डेभिड मिलरले ४३ बलमा ६२ रन बनाए । यस्तै क्रिस मोरिसले १८ बलमा नटआउट हुँदै ३६ रन बनाए । दिल्लीका अभेश खानले ३ विकेट लिए । क्रिस वोक्स र कागिसो राबडाले २–२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको नोक्सानीमा १४७ रन बनाएको थियो ।दिल्लीका लागि कप्तान ऋषव पन्तले ३२ बलमा ५१ रन बनाए । त्यसबाहेक कोही चल्न सकेनन् । दोस्रो उच्च योगफलका रुपमा टम कुरानले २१ रन जोडे । ३७ रन बनाउँदा दिल्लीले ४ विकेट गुमाइसकेको थियो । राजस्थानका जयदेव उनाक्डले ३ विकेट लिए । मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

0Shares