खेलकुद

मुम्बई इन्डियन्सको दोस्रो जितसँगै शीर्ष स्थानमा

0Shares

काठमाडौ,वैशाख ५: इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले दोस्रो जित निकालेको छ । शनिबार राति भएको सन्राइजर्स हैदराबादविरुद्धको खेलमा मुम्बईले १३ रनको जित निकालेको हो । मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदरबादले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो ।
हैदराबादका लागि जोनी बेयरस्टोले २२ बलमा ३ चौका र ४ छक्कासहित ४३ रन बनाए । डेबिड वार्नरले ३४ बलमा २ चौका र २ छक्काको मद्दतमा ३७ रन जोडे । बिजय शंकरले २५ वलमा २ छक्का २८ रन बनाए । यस्तै, बिराट सिंहले ११ रन बनाए । अन्यले दोहोरो अंकको रन पनि जोड्न सकेनन् ।बलिङतर्फ मुम्बईका राहुल चाहर र टेन्ट बोल्टले तीन–तीन विकेट लिए । क्रुर्नाल पाण्डेय र जस्प्रित बुमराहले समान एक–एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो ।मुम्बईका लागि क्वीन्टन डिक्कले सर्वाधिक ४० रन बनाए । उनले ३९ बलमा ५ चौकाको मद्दतले ४० रनको योगदान गरे । किरोन पोलार्डले २२ बलमा १ चौका र ३ छक्कासहित ३५ रन जोडे । रोहित शर्माले २५ बलमा २ चौका र २ छक्कासहित ३२ रन बनाए । यस्तै, सूर्य कुमार यादव १०, इसान किसनले १२, हार्दिक पाण्डेयले ७ रन र क्रुर्नाल पाण्डेयले ३ रनको योगदान गरे । बलिङतर्फ हैदराबाका लागि विजय शंकर र मुजिब उर रहमानले समान २ विकेट लिए । खलिल अहमदले एक विकेट लिए ।जितसँगै मुम्बई चार अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले खेलेका तीन खेलमध्ये दुईमा जित र एक खेलमा हार ब्यहोरिएको छ ।यता तीनै खेल खेलेको हैदराबादले अहिलेसम्म जित निकाल्न सकेको छैन । हैदराबाद अंकतालिकाको पुछारमा छ ।

0Shares