विद्यालय बन्द गर्ने मन्त्रीपरिषद्को निर्णय
काठमाडौँ- सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्नुपर्ने निणय गरेका हुन् ।पछिल्लो समय कोरोना बालबालिकामा देखिन थालेपछि मन्त्रीपरिषद् बैठकले पारित गरेको कोभिड १९ सम्बन्धि नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भैतिक कक्षा संचालन बन्द गर्न भनिएको हो ।