खेलकुद

नेदरल्याण्डको सानदार जित

0Shares

काठमाडौ,वैशाख ७: त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्डले नेपाललाई हराएको छ। नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ३ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।त्रिवी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले ३ विकेटले हराएको हो।
उसका लागि बासडी लिडेले अविजित ८१, बेन कपूरले ५५, कप्तान पीटर सीलारले ३१, टोबिएस भिसेले १५ रन बनाए । बलिङमा सन्दीप लामिछानेले चार, कुशल मल्ल, अविनाश बोहरा र करण केसीले एक/एक विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो।

0Shares