खेलकुद

चेन्नई सुपर किङ्सको तेस्रो जित

0Shares

काठमाडौ,वैशाख ९: इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सले लगातार तेस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा चेन्नईले कोलकातामाथि १८ रनको जित निकालेको हो । वान्खाडे स्टेडियमा चेन्नईले दिएको २२१ रनको लक्ष्य कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा अल आउट हुँदै मात्र २०२ रन बनायो ।
कोलकाताका लागि प्याट कमिन्सले ६६ रनको अर्धशतकीय पारी खेले । ३४ बल खेलेका उनले ४ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै आन्द्रे रशेलले ५४ रनको अर्धशतकीय पारी खेले । २२ बल खेल्दै उनले ३ चौका र ६ छक्का प्रहार गरे । दिनेश कार्तिकले ४० रनको योगदान गरे ।बलिङतर्फ चेन्नईका लागि दीपक चहारले सर्वाधिक ४ विकेट लिए । त्यस्तै लुङ्गी एन्गीडीले ३ विकेट तथा श्याम करनले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२० रन बनायो । चेन्नईका लागि फाप डू प्लेसिसले ९५ रनको अर्धशतकीय पारी खेले । ६० बल खेलेका उनले ९ चौका र ४ छक्काको सहयोगमा ९५ रन बनाए । त्यस्ते रुतुराज गाइक्वाडेले पनि ६४ रनको अर्धशतकीय पारी खेले । ४२ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । मोहिन आलीले २५ रन बनाए । बलिङतर्फ कोलकाताका लागि वरुन चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रशेलले समान एक–एक विकेट लिए । जितसँगै चेन्नईले लिगमा ४ खेलबाट ६ अंक जोडेको छ । त्यस्तै पराजित कोलकाताको ४ खेलबाट २ अंक जोडेको छ ।

0Shares