राष्ट्रिय

दुबै डोज कोरोनाको खोप लगाएका व्यक्तिमा संक्रमण

0Shares

काठमाडौ,वैशाख ११: नेपालमा दुबै डोज कोरोनाको खोप लगाएका व्यक्तिमा समेत संक्रमण देखिएको छ । ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपाल खोप लगाएपछि संक्रमित बनेका हुन् ।डा. नेपालले रातोपाटीलाई दिएको जानकारीअनुसार उनीसँगै पत्नी पनि संक्रमित भएकी छिन् । शुक्रबार काठमाडौंको केएमसी अस्पतालको ल्याबमा परीक्षण गराउँदा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।
डा. नेपालले कोभिड १९ को प्रकोपताका प्लाज्मा थेरापीबाट धेरैजना संक्रमितलाई निको पारेका थिए । स्वास्थ्यकर्मी भएको नाताले देशमा शुरू भएको खोप अभियानमा उनले पहिलो चरणमै पहिलो डोजको खोप लगाएका थिए । उनले बैशाख ८ गते दोस्रो डोज खोप लगाएका थिए ।दुबै डोज भ्याक्सिन लिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित हुनुले खोप लगाइसकेपछि पनि जोखिम यथावतै रहन्छ भन्ने स्पष्ट भएको स्वास्थ्यकर्मी बताउँछन् ।

0Shares