अनलाइनबाट एकै दिनमा डिम्याट खाता खोल्न सकिने सुविधा
काठमाडौ,वैशाख १८ : नासा सेक्यूरिटीज (५८) मा अनलाइनमार्फत एकै दिनमा डिम्याट खाता खोल्न सकिने व्यवस्था गरेको छ । अहिलको विषम परिस्थितलाई ध्यानमा राख्दै घरैमा बसी सुरक्षित भई शेयर बजारमा संलग्न हुनका लागि यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
लगानीकर्ताले नासा सक्यूरिटीजको वेबसाइट http://www.naasasecurities.com.np/ मा गइ डिम्याट खाता खोल्न अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आवेदन दिएकै दिन एकाउण्ट नम्बर पाउन कम्पनीले बताएको छ । डिम्याट खाता खोल्नका लागि नागरिकताको प्रतिलिपि बुझाउनुपर्नेछ। नाबालकको हकमा भने जन्मदर्ता र अभिभावकको नागरिकता आवश्यक पर्ने कम्पनीले जनाएको छ ।