पुंजीबजार

सेयर बजारमा नयाँ रेकर्ड

0Shares

काठमाडौ,जेठ ४ : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एकै दिन दुई नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन आज नेप्सेमा हालसम्मकै सर्वाधिक कारोबार र उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । आज नेप्सेमा ११ अर्ब ३५ करोड ९३ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७७ साल माघ २६ गते सोमबार नेप्सेमा १० अर्ब ६१ करोड ९१ लाख बराबरको करोबार भएको थियो ।
त्यस्तै, आज नेप्से हालसम्मकै उच्च विन्दुमा पनि पुगेको छ । आज नेप्से दुई हजार सात सय ९३ दशमलब ८९ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि नेप्से २०७८ जेठ ३ गते सोमबार नेप्से दुई हजार सात सय ७० दशमलब ८८ विन्दुमा पुगेको थियो । नेप्सेका अनुसार आज ३४.६८ अंकले नेप्से बढेको छ । आज कारोबार भएका एउटा समूह बाहेक अन्य सबै समुह बढेका छन् । आज ११ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने २३ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

0Shares