उपत्यकामा निषेधाज्ञा थप्ने तयारी
काठमाडौ,जेठ ११ : आझै पनि काठमाडौ उपत्यकामा कोरोनको संक्रमण तिब्र गतिमा बढ्दै गईरहेको छ । काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ गतेसम्म जारी छ । यसै बिषयमा छलफल गर्न आज काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । बैठकमा निषेधाज्ञा थप गर्नेबारे छलफल हुने बताइएको छ । निषेधाज्ञा जारी गरेपछि कोभिड–१९ संक्रमण नियन्त्रण भएको प्रमुख जिल्ला अधिकारीहरुको निष्कर्ष छ ।
‘अहिले अस्पतालमा विरामीको चाप घटेको छ, अक्सिजनको समस्या समाधान भएको छ त्यसैले निषेधाज्ञालाई निरन्तरता दिनेबारे छलफल भइरहेको छ । स्थानीय प्रशासनले उपत्यकामा थप १ साता निषेधाज्ञा बढाउने तयारी गरेको छ । निषेधाज्ञा थप्नेबारे आजको बैठकबाट निर्णय गरिने काठमाडौका प्रजिअले बताए । विहानको समयमा अधिकाम्स मनिस घर बाहिर निस्कने भएकाले थप कडाइ गर्ने पनि प्रशासनको तयारी छ । सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश जारी गरिसकेको अवस्थामा त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रशासनको तयारी छ ।