राष्ट्रिय

निजामती कर्मचारीको तलबमा मासिक २ हजारले वृद्धि

0Shares

काठमाडौ,जेठ १५ : सरकारले निजामती कर्मचारीको तलबमा वृद्धि गरेको छ । २०७८ साउन १ गतेदेखि लागू हुनेगरी निजामती कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । यस्तै, सरकारले जनपथ र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्चमा १५ प्रतिशतले वृद्धि पनि गरेको छ ।
२०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले कारागारलाई सुधारगृहमा परिणत गरिने पनि बताएका छन् । नेपाली सेनालाई सुदृढीकरण गर्नका लागि ‘बंकरदेखि ब्यारेकसम्म’ कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए । आगामी वर्ष ७० लाख नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिने उनले जनाएका छन् । प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नका लागि तयारी अगाडि बढाइने पनि सरकारको योजना छ ।

0Shares