राष्ट्रिय

आज ४४७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

0Shares

काठमाडौ,जेठ २४ : पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमित भन्दा निको हुने दर धेरै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन् भने ४४७२ जना नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा जम्मा १७ हजार ९०३ जनाको परीक्षण भएको थियो । पछिल्लो २४ घण्टामा मात्रै ९२ जनाले ज्यान गुमाएका छन् ।

0Shares