राष्ट्रिय

आज भारी वर्षासँगै बाढी र पहिरोको जोखिम

0Shares

काठमाडौ,असार ११ : मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले ती स्थानहरूका पहाडी भ-भागमा पहिरो र गेग्रटो बहावको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको हो । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । भने, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

0Shares