अब घरबाटै गर्नुहोस डिम्याट र मेराेशेयर खाता नविकरण
काठमाडौ,असार १८: डिम्याट खाता र मेरो शेयर निक्षेप सदस्यहरुको कार्यालय तथा बैंक वित्तिय संस्था वा वालेट पे मार्फत सजिलै नविकारण गर्न सकिन्छ। पहिले निक्षेप सदस्यहरुको कार्यालय वा बैंक तथा वित्तिय संस्थामा गएर नविकरण शुल्क तिर्नु पर्ने प्रावधान थियो। तर अहिले प्रविधिको सहयोगमा लगानीकर्ताहरुले आफ्नो फोन मार्फत नै नविकरण गर्न सक्ने सुविधा भएको छ। केही मर्चेन्ट बैंकहरुले बैंक मार्फत हुने भुक्तानीलाई पनि स्वीकृत गर्ने गरेका छन्।
कोरोना भाइरसको संक्रमण केही कम भएको भएता पनि निमिट्यान्न नभएका र सजिलै भुक्तानी गर्न सकिने भएका कारणले धैरै लगानीकर्ताले वालेट पेमेन्ट मार्फत नविकरण गर्ने गरेको पाईन्छ। कनेक्ट आईपिएस, इसेवा, आईएमई पे, खल्ती, प्रभु पेमार्फत नविकरण शूल्क भुक्तानी गर्न सकिने सिडिएससीले जानकारी गराएको छ। यदी कुनै लगानकिर्ताले एक वर्ष भन्दा बढी अवधिको लागि नविकरण गर्न इच्छा भएमा पनि गर्न सकिने सुविधा रहेको छ ।साथै, मेराेशेयरकाे अाफ्नाे प्राेफाइलबाट पनि रिन्यू एकाउण्ट बटन थिचि दिइएका गेटवेहरू प्रयाेग गरी पनि नविकरण गर्न सकिन्छ।हालसालै मात्र डिम्याट खाता खाेलेका लगानीकर्तामा डिम्याट खाता खोलेको एक महिना नबित्दै नविकरणको सुचना आयो भनेर दोधारमा परेको देखिन्छ। डिम्याट खाता खोलेको एक दुई महिना नपुगेका लगानीकर्ताले पनि अार्थिक वर्षकाे अन्त्यमा डिम्याट खाता नविकरण गर्नुपर्ने सिडिएससीका प्रवक्त सुरेश न्यौपानेले बताए।केही लगानीकर्ता डिम्याट खोलेको एक वर्ष भएको छैन भनेर ढुक्क बसेका छन्। तर असार मसन्तसम्म सञ्चालित सबै डिम्याट नविकरण गर्नुपर्ने न्यौपानेको भनाई छ।