पुंजीबजार

नेप्सेमा पुनः गिरावट, कारोबार ५ अर्बमा खुम्चिँयो

0Shares

काठमाडौ,असार २०: आज नेप्से परिसूचक ८ दशमलव ४८ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ५१ अंकमा झरेको हो । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३३ अंकले घटेको छ ।आज २२४ कम्पनकिा १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् । यस्तै कारोबार रकम भने ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँमात्रै भएको छ ।

आज होटल, अन्य र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । बैंकिङ समूहको शेयर सात अङ्कले, विकास बैंकको ४५, व्यापारको १७, जलविद्युतको तीन, फाइनान्सको ३९ र माइक्रोफाइनान्स समूहको शेयर २६ अङ्कले घटेको छ ।यस्तै जीवन बीमा समूहको शेयर ४५ अङ्कले, निर्जीवन बीमा समूहको एक सय १९, उत्पादनको २४ र लगानी समूहको शेयर एक सय ६ अङ्कले घटेको छ ।आज माछापुच्छ्रे र एसबीएल डिबेन्चरको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । तर गुडविल फाइनान्स डिबेन्चरको शेयर १० प्रतिशत र ओरियन्टल होटलको शेयर साढे ८ प्रतिशतले बढेको छ ।

0Shares