खेलकुद

स्पेनलाई हराउँदै इटाली फाइनलमा प्रवेश

0Shares

काठमाडौ,असार २३: इङ्गल्याण्डको बेम्बली रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली फाइनलमा प्रवेश गरेको हो ।स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली दोस्रो उपाधि नजिक पुगेको हो । एक पटकको च्याम्पियन इटालीले उपाधिका लागि फाइनलमा ११ जुलाई राति इङ्गल्याण्ड र डेनमार्क बीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
स्पेन विरुद्धको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेली भने पहिलो प्रहारमै गोल गर्न चुके ।स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले मात्र गोल गर्दा डानियल ओल्मो र अल्भारो मोराटा गोल गर्न असफल भए ।यसअघि ९० मिनेटको खेलको पहिलो पहिलो हाफमा गोलरहित बराबरी हुँदा दोस्रो हाफमा इटालीले शुरूआती अग्रता बनाएको थियो । ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गरेका हुन् । ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि ९० मिनेटसम्म गोल भएन । थपिएको समयमा पनि गोल भएन र पेनाल्टी सुटआउटमा इटालीले बाजी मार्यो । क्वार्टरफाइनलमा स्पेनले स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो । इटालीले बेल्जियममाथि २–१ गोल अन्तरको जित हासिल गरेको थियो ।

0Shares