खेलकुद

सन्दिप लामिछाने आज राति इंग्ल्यान्ड प्रस्थान गर्दै

0Shares

काठमाडौ,असार २४: नेपाली लेग स्पिनर सन्दिप लामिछाने जुलाई २२ तारिखबाट सुरु हुने इंग्ल्यान्डको ‘द हन्ड्रेड’ लिगमा सहभागी हुन आज राति इंग्ल्यान्ड प्रस्थान गर्दैछन्।इंग्ल्यान्ड पुगेपछि सन्दिप सरकारी मान्यताप्राप्त होटलमा १० दिन क्वारेन्टाइनमा बस्नेछन्। उक्त अवधिमा उनको दुई पटक कोभिड-१९ टेस्ट हुनेछ जसको रिपोर्ट नेगेटिभ आएको खण्डमा उनि टिमसंग जोडिन पाउनेछन्।पहिलो पटक आयोजना हुन लागेको लिगमा सन्दिप ‘ओभल इन्भिन्सीबल’बाट खेल्नेछन्। ओभलले सन्दिपलाई ६० हजार पाउण्ड स्टरलिंगमा ( करिब १ करोड नेपाली रुपैयाँ ) अनुवन्ध गरेको थियो।ओभल इन्भिनसिबलले लिगको उद्घाटन खेल म्यानचेस्टर ओरिजिनलसंग जुलाई २२ तारिखमा खेल्ने तालिका रहेको छ। कोभिड-१९ रिपोर्ट नेगेटिभ आएमा सन्दिप पहिलो खेलबाटै खेल्न उपलब्ध हुनेछन्।

0Shares