राष्ट्रिय

उपत्यकाका सिडिओको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

0Shares

काठमाडौ,असार ३१ : आज काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारीहरुको बैठक निषेधाज्ञाबारे छलफल गर्न दिउँसो १ बजे बस्दै छ । काठमाडौंका सिडिओ कालीप्रसाद पराजुली, ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला र भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईबीच साउन १५ गतेसम्म निषेधाज्ञाको थप्ने तयारी भइरहेको छ ।
काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ । यस्तै उपत्यका बाहिर जाने–आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायात पनि खोल्ने विषय छलफल हुने पनि भनिएको छ । यसअघि उपत्यका आउने–जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधनलाई पासको व्यवस्था गरिएको थियो । पछिल्लो समय काठमाडौमा पसल समय निर्धारण गरि खोल्न दिईएको थियो भने लामो दुरीको यातायातमा रोक लगाईएको थियो ।

0Shares