खेलकुद

इंग्ल्यान्डले दोश्रो खेल जित्दै तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरीमा

0Shares

काठमाडौ,साउन इंग्ल्यान्ड स्पिनरहरु हावी भएपछि पाकिस्तानलाई ४५ रनले सहजै पराजित गर्दै इंग्ल्यान्डले दोश्रो खेल जित्दै तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरीमा ल्याएको छ।लिड्स, हेडिंगलेमा सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १५५ रन मात्र बनाउन सक्यो।पाकिस्तानको लागि मोहम्मद रिजवानले सर्वाधिक ३७ रन, शदाव खानले अविजित ३६ रन, बाबर आजमले २२ रन तथा इमाद वासिमले २० रन योगदान दिए।
ओपनर बाबर आजम र मोहम्मद रिजवानले ५० रनको साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाएका थिए। छैठौं ओभरमा आजमलाई सकिब मोहम्मदले क्याच आउट गराएपछि पाकिस्तानले लगातार विकेट गुमाउन पुग्यो। आदील रशिदले नवौं र ११ औं ओभरमा सोहेब मक्सुद र मोहम्मद रिजवानलाई पेभेलियन फर्काए। १३ औं ओभरमा मोईन अलिले मोहम्मद हफिज र फखर जमानको विकेट लिंदै इंग्ल्यान्डलाई हावी बनाए। १४ औं ओभरमा आजम खानलाई म्याथु पार्किन्सनले आउट गरे।सातौँ विकेटको लागि इमाद वासिम र शदाब खानले ३७ रनको साझेदारी गरेता पनि जितको लागि पर्याप्त रहन सकेन।इंग्ल्यान्डको बलिंगमा सकिब महमुदले सर्वाधिक ३ विकेट ( ४-०-३३-३ ) लिए भने आदील रशिद ( ४-०-३०-२ ) र मोईन अलिले ( ३-०-३२-२ ) समान २ विकेट तथा टम करन ( ४-०-२२-१ ) र म्याथु पार्किन्सनले समान १ विकेट (४-०-२५-१ ) लिए।

0Shares