खेलकुद

रोमान्चक खेलमा घरेलु टोलि श्रीलंकालाई ३ विकेटले विकेट पराजित गर्दै भारत

0Shares

काठमाडौ,साउन ६: दिपक चाहरले संकटमा उत्कृस्ट ब्याटिंग गर्दा रोमान्चक खेलमा घरेलु टोलि श्रीलंकालाई ३ विकेटले विकेट पराजित गर्दै भारतले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी रहंदा २-० ले आफ्नो पक्षमा पारेको छ। पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो।कोलोम्बोको आर प्रेमदाशा स्टेडियममा श्रीलंकाले दिएको २७६ रनको लक्ष्य भारतले ५ बल बाँकी रहँदै ७ विकेट गुमाएर पुरा गर्यो।भारतको ब्याटिंगमा दिपक चाहरले करियरकै सर्वाधिक व्यक्तिगत स्कोर तथा पहिलो अर्धशतक बनाउने क्रममा दिपक चाहरले अविजित ६९ रन बनाए जुन क्रममा ८२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यस्तै सुर्यकुमार यादवले पनि करियरकै पहिलो अर्धशतक बनाउने क्रममा ५३ रन बनाए जुन क्रममा ४४ बलमा ६ चौका प्रहार गरे। मनिष पाण्डेले ३७ रन, क्रुनाल पान्ड्याले ३५ रन, शिखर धवनले २९ रन तथा भुवनेश्वर कुमारले अविजित १९ रन योगदान दिए।
लक्ष्य पछ्याउने क्रममा भारतले नियमित अन्तरलमा विकेट गुमाउन पुग्यो। तेश्रो ओभरमा पृथ्वी शलाई वानिन्दु हसरंगाले बोल्ड गरे भने पाँचौ ओबह्रमा इशान किशनलाई कासुन राजिथाले बोल्ड गरे। कप्तान शिखर धवन १२ औं ओभरमा हसंरागाको दोश्रो शिकार बन्दै एलबिडब्लु धरापमा परे।मनिष पाण्डे र सुर्यकुमार यादवले चौथो विकेटको लागि ५० रन जोडे। १८ औं ओभरमा पाण्डे रन आउट भए भने सोहि ओभरमा हार्दिक पान्ड्या खाता नखोली शनाकाबाट क्याच आउट भए। त्यसपछि सुर्यकुमारले क्रुनाल पान्ड्यासंग ४४ रनको साझेदारी गरे। २७ औं ओभरमा यादवलाई लक्षण संदकनले एलबिडब्लु आउट गरे। ३६ औं ओभरमा क्रुनाललाई हसरंगाले बोल्ड गर्दै तेश्रो शिकार बनाए।१९३/७ को अवस्थाबाट दिपक चाहरले भुवनेश्वर कुमारसंग अर्धशतकीय साझेदारी गर्दै भारतलाई जितको दिशा दिए। चाहरले एकदिवसीय अन्तर्राष्ट्रिय करियरकै पहिलो अर्धशतक पुरा गर्दै एक किनार सम्हालीरहे जसलाई भुवनेश्वरले राम्रो साथ दिए।
जितको लागि अन्तिम ५ ओभरमा ३५ रन आवस्यक हुँदा दुश्मन्था चमिराले ४६ औं र ४८ औं ओभरमा क्रमशः २ र १ रन मात्र खर्चेर भारतलाई दबाबमा राखेका थिए। तर ४९ औं ओभरमा दुश्मन्था चमिराको ओभरमा भुवनेश्वर र चाहरले १/१ चौका प्रहार गर्दै जितको दुरी कम गरेका थिए। अन्तिम ओभरमा ३ रन आवस्यक रहंदा चाहरले पहिलो बलमै चौका प्रहार गर्दै टिमलाई जित दिलाए।आठौँ विकेटको लागि चाहर र भुवनेश्वरले अविजित ८४ रनको साझेदारी गरे। एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासमै लक्ष्य पछ्याउने क्रममा जित हाँसिल गर्दा आठौँ विकेटको लागि यो तेश्रो सर्वाधिक अविजित साझेदारी हो। यस अघि भुवनेश्वर कुमार र महेन्द्र सिंह धोनीले २०१७ मा श्रीलंका बिरुद्ध अविजित १०० रनको साझेदारी गरेका थिए जुन सर्वाधिक हो भने २००७ मा रभी बोपरा र स्टुवार्ट ब्रोडले भारत बिरुद्ध दोश्रो सर्वाधिक अविजित ९९ रनको साझेदारी गरेका थिए।

0Shares