राष्ट्रिय

गॉजालाई वैध गराउने बारे कुरा गर्दै भिम उपाध्यायले भेटे प्रधानमन्त्री र गृह मन्त्री सँग

0Shares

काठमाडौ,साउन ६: सम्माननीय प्रम शेरबहादुर ज्यू र माननीय गृहमन्त्री बालकृष्ण खॉड ज्यू! अहिलेसम्म विश्वका ७० देशले गॉजा वैध गरिसकेका छन्। यसको अर्थतन्त्र अहिले १०० बिलियन डलरको पुगिसकेको छ। आगामी ४ वर्षमा २०० बिलियन डलर सजिलै पुग्दैछ। यहॉ अवैध भएता पनि नेपालको गॉजा विश्वमा ब्राण्डेड जस्तै भईसकेको छ।हाल संसदमा दर्ता भएर विचाराधीन रहेको प्राईभेट ‘गॉजा खेती तथा ब्यावसाय विधेयक’लाई सरकारी विधेयक बनाएर प्रस्तुत गरिहाल्नु पर्यो। अमेरिकाको तल्लो सदन कंग्रेसले पोहर साल नै गॉजा गैरअपराधिकरण ( डिक्रिमिनलाईजेशन) गर्दै वैध गर्ने कानुन पास गरिसकेको छ भने गत १४ जुलाईमा सिनेटमा पनि बहुमत रहेको दलका नेताबाट गॉजा खुला गर्ने बिल प्रस्तुत भईसकेको छ।नेपालले पनि लागू औषध ऐन २०३३ अन्तर्गत ‘गॉजा खेति, ब्यावसाय तथा अनुसंधान नियमावली’ मन्त्रिपरिषदले तत्काल जारी गरिहालोस्। यसका लागि ७ दिनभित्र मस्यौदा तयार गरी क्याबिनेटमा पेश गर्न गृहलाई निर्देशन दिईयोस्। राजनीति गर्ने दलको हेक्का रहोस्, आगामी चुनावको मूख्य आर्थिक एजेन्डा गॉजा हुने निश्चित छ जसरी अमेरिकामा गत चुनावको प्रमूख एजेन्डा गॉजा बन्यो र यसको पक्षधर डेमोक्रेटिक दल संघमा र सिनेटमा पनि विजयी भयो। तसर्थ नयॉ सरकारबाट जति चॉडै यस्ता ग्रामीणमूखि, युवामैत्री रोजगारमूखि नीति घोषणा हुन्छ त्यति जनतामा आशा र भरोशा बढ्ने छ, राजनीतिक दलले राजनीतिक लाभ पनि स्वत: लिन पाउने छ । कुना कुनामा, दुर्गममा बस्ने गरिब किसानहरूको घरघरमा स्थानीय लाखौँको रोजगार सिर्जना भएर एकै वर्षमा आर्थिक हैसियत माथि पुग्नेछ। अब रोजगारी र आर्थिक एजेन्डा प्रमूख एजेन्डा बन्नैपर्छ। सरकारलाई यस कार्यमा हामी बाहिरका विज्ञ एवं अभियन्ताहरू निशुल्क सहयोग गर्न तत्पर छौँ। हामीसंग आधा दर्जन अन्तर्राष्ट्रिय नेपाली विदेशी गॉजाविज्ञहरूको साथ छ। पोहर साल हामी केही विज्ञहरूले तपाईसंग बुढानिलकण्ठमा यसैबारेमा विमर्श र अनुरोध गर्न पुगेको कुरा समेत स्मरण गर्नु भएकै होला। बिलम्ब नगरौँ है। यो एजेन्डा पनि लुटिएला र चुकिएला!

0Shares