PICL ले ८.४२ प्रतिशत लाभांश वितरण
काठमाडौँ,माघ २६: प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड (PICL) ले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सो कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको माघ २५ गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।