पुंजीबजारबैंक तथा वित्तिय

Standard Chartered लाई इक्राको ट्रिपल A रेटिङ्, नेपालको सबै भन्दा मजबुत बैंक

0Shares

ग्याप्स अनलाइन मिडिया

काठमाडौँ

इक्रा नेपाल नेपालको पहिलो  बैंक तथा बित्तिय संस्था लगाएत सर्बसाधारणहरुलाई शेयर जारी गर्ने पब्लिक संस्था हरुको क्रेडिट रेटिङ् सम्बन्धि कार्य  गर्ने संस्था हो । यसले संस्थाहरुको क्रेडिट रेटिङ्लाई  १ देखि ५ तह सम्म बर्गिकरण  गर्ने गर्दछ जसमा १ ले संस्थालाई   सबै भन्दा मजबुत तथा उच्च सुरक्षाको  रेटिङ्ले हेर्छ भने २,३,४ र ५ ले क्रमश संस्थाका आधारभूत पक्ष तथा अवस्था कमशल हुदै गएको भन्ने  बुझाउछ।

यसै सन्दर्भ Standard  Chartered ले पनि आफ्नो क्रेडिट रेटिङ् गराएको छ। इक्रा नेपालले गरेको रटिङ् मा बैंक तथा बित्तिय संस्थाले गराउने मध्ये अहिले सम्मकै सबैभन्दा राम्रो इक्रा एनपी ट्रिपल ए रेटिङ् पाएको छ। इक्रा नेपालले उक्त बैंकको सबै आधारभूत पक्षहरु उच्च सुरक्षात्मक अवस्थामा रहेको जनाउदै ‘ट्रिपल  ए रेटिङ दिएको हो । प्रतिवेदनमा बैंकिङ क्षेत्रको औसत कस्ट अफ फण्ड ६.४८ प्रतिशत रहेको अवस्थामा यसको जम्मा ४.१७% मात्र भएको उल्लेख गरेको छ। जोखिम व्यवस्थापनमा अब्बल रहेको तथा न्यून खराब कर्जा अनुपात न्यून देखिएको छ । यसमा अन्तर्राष्ट्रिय नेटवर्किङ भएको स्टान्डर्ड चार्टर्ड ग्रुपको ७०% सेयर स्वामित्व छ ।

0Shares