खेलकुद

अनलाइन काता प्रतियोगितामा जगत र रोस्मा पहिलो

0Shares

प्रथम संखडोल खुल्ला अनलाइन काता प्रतियोगिताको पुरुषतर्फ जगतसिंह धानुक विजयी भएका छन्। धनगढी कराते डोजोका धानुकले २४.५ अंक प्राप्त गरे। 

यस्तै बालाजु डोजो एकेडेमीका धिरेस श्रेष्ठले २३ अंक ल्याएर दोस्रो स्थान हात पारे। नरहरी डोजोका स्वर्णीम मानन्धर २२.५ अंक प्राप्त गर्दै तेस्रो स्थान हात पार्न सफल भए।

कातामा लैनचौरका रिहान जाबेत उदयमान खेलाडी तथा सुर्खेतका प्रदीप राई म्याचुअर खेलाडी भए। 

महिलातर्फ खोटाङ डोजोकी रोस्मा राई २४.५ अंक प्राप्त गरेर पहिलो भइन्। धनगढीकी वर्षा साउद दोस्रो र एपिएफकी सरिता श्रेष्ठ तेस्रो भइन्।

खेलाडीहरुले अनलाइनमार्फत काताको भिडियो पठाएका थिए। लकडाउनका कारण खेलाडीहरुलाई प्रोत्साहन गर्न अनलाइनमार्फत प्रतिस्पर्धा गराइएको हो।

प्रतियोगिताको गंगाराम महर्जन र मन्डेकाजी श्रेष्ठले निर्णयक बनेका थिए।

Source:Setopati

0Shares