राष्ट्रिय

अर्घाखाँचीमा असिनाले चुटेर बालकको मृत्यु

0Shares

अर्घाखाँची — जिल्लाको शितगङ्गा नगरपालिकामा १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । 

नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको शनिबार रातिको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
सुस्त मनस्थितिका नेपाली शनिबार दिउँसो रजियाको रातामाटाको घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका हुन्। बाक्लो असिनाले चुटेरनै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Source:Ekantipu.com

0Shares