ब्लग /साहित्य

आज – १९ बैशाख २०७८ आइतवार को राशिफल

0Shares

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनपर्ने खानाको परिकार खान पाइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

 वृष: (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य बिग्रने भएछ, सचेत रहनुहोला ।

मिथुन: (का, कि, कु, घ, ङ, छ, के, को, हा) महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि होला ।

कर्कट: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सेवामूलक कार्यबाट सफलता मिल्नेछ ।छाउला । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ष प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ, तर व्यापार व्यवसायमा नोक्सानी हुनेछ ।

मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा अवरोध हुने र मनमुटाव बढ्न सक्छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज घरपरिवार सँग रमाइलो तरिकाले समय बित्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आकस्मिक नयाँ कार्यको योजना बन्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तानबाट सुख पनि मिल्नेछ ।

 

 

 

 

0Shares