पुंजीबजार

आजबाट लघुवित्तको आईपीओ खुल्ला कती दीने त् आबेदन

0Shares

काठमाण्डौ, माघ ३० : पछील्लो समयमा सेयर बजारको कुरा चारैतीर सुनीन्छ यसमा लगानी गर्ने लगानी कर्ता दिन प्रती दिन बढ्दो छ। लकडाउङ्को समय पछी यसमा लगानी गर्ने लगानीकर्ता बढेका छन। सेयर बजारमा दुई प्रकारका लगानीकर्ता हुन्छन एउटा कुनै पनी कम्पनीले जारी गरेको (IPO) मात्र भोर्ने अर्थात् पहीलो बजारमा काम गर्ने, अर्कोथरी हुन्छन पहीलो बजार सगै दोस्रो बजारमा पनी काम गर्ने, नेपालको सन्दर्भमा दोस्रो बजारमा काम गर्ने मानीसहरु पहीलो बजारमा काम गर्ने भन्दा ८ गुणा बढी रहेका छन। माघ ३० गते (शुक्रबार) देखि सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनमा भयको छ। महिला लघुवित्त वित्तीय संस्थाले जारी पूँजीको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो।त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। पछिल्लो समय आईपीओमा आवेदन दिनेको संख्या उच्च देखिएकाे छ। त्यस अनुसार यस संस्थाको आईपीओ पनि १० कित्ता शेयरको लागि आवेदन गरे पुग्ने देखिन्छ।

लघुवित्तको आईपीओमा माघ ३० गतेदेखि फागुन ५ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरेमा फागुन १४ गतेसम्म म्याद थप हुनेछ।लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले संस्थाको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तकाे चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ।

0Shares