खेलकुद

इंग्ल्यान्डले भारतलाई हरायो

0Shares

काठमाडौ,चैत ४: भारत तेस्रो टी-२० खेलमा ८ विकेटको फराकिलो अन्तरले पराजित भएको छ। यससँगै ५ खेलको सिरिजमा इंग्ल्यान्डले २-१ को अग्रता लिएको छ। राति भएको खेलमा भारतले दिएको १५७ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १० बल खेल्न बाँकी छदा पूरा गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन जोड्यो।भारतका लागि कप्तान विराट कोहलीले नटआउट ७७ रन जोडेका थिए। उनले ४६ बलमा ८ चौका र ४ छक्का हिर्काए।ओपनर रोहित शर्मा १५ रनमा आउट हुँदा केएल राहुल शून्य र इशान किसान ४ रनमै पेभिलियन फर्किए।
इंग्ल्यान्डका लागि बटलरले नटआउट ८३ रन जोडे। उनले ५२ बलमा ५ चौका र ४ छक्का हिर्काए। उनका ओपनिङ पार्टरन जासन रोए भने ९ रनमा आउट भएका थिए।डविड मालनले १८ रन जोड्दा जोनी वायस्टोले नटआउट ४० रनको योगदान दिए। वायस्टोले २८ बलमा ५ चौका हिर्काए। बलिङमा भारतका युजभेन्द्र चाहल र वासिङटन सुन्दरले १-१ विकेट लिए।

0Shares