राष्ट्रिय

उतिबेला श्री ५ अहिले श्रीमान ५ ले देउवालाई प्रधानमन्त्री बनाए : प्रदीप ज्ञवाली

0Shares

काठमाडौ,साउन ३ : संसदमा विश्वासको मतमाथिको प्रस्तावमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको तर्फबाट प्रदीप ज्ञवालीले बोल्नु भएको थियो । एमाले प्रवक्ता समेत रहेका ज्ञवालीले शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गर्नुभयो । २०६१ सालमा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको उहाँको भनाइ थियो । २०५९ असोजमा अक्षम भनेर बर्खास्त भएका देउवालाई तत्कालीन राजाले २०६१ मा प्रधानमन्त्री नियुक्त गरेपछि देउवाले गोरखाका राजाबाट न्याय पाएँ भनेको स्मरण गर्दै ज्ञवालीले भन्नुभयो– उतिबेला श्री ५, अहिले श्रीमान ५ । रेफ्रीले नै गोल हानेर देउवालाई विजेता घोषणा गरिदिएको भन्दै उहाँले रेफ्रीले गोल हान्दा प्रणाली नै भत्किएको पनि जिकीर गर्नुयभो ।

0Shares