राष्ट्रिय

एमाले स्थायी कमिटीमा माधब नेपाल समुहका नेता माथि प्रहार

0Shares

काठमाडौ,साउन १: झण्डै साढे तीन वर्ष एकलौटी सत्ता चलाएका एमाले अध्यक्ष केपी ओली अब प्रतिपक्षीय भूमिकामा साँघुरिएका छन् । त्यसको दोष उनले आफ्नै पार्टीका माधवकुमार नेपाल पक्षलाई दिएका छन् ।नयाँ भूमिका प्राप्त भएपछि आज पहिलोपटक ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । अहिले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको भवनमा बैठक जारी छ ।
बैठक मूलतः माधव पक्षको हुर्मत लिनेतिरै केन्द्रित देखिएको छ । आजको बैठकमा ओलीले तीनवटा विषयलाई उठाएका छन् । त्यसमा सर्वाेच्च अदालतको फैसला, एमाले कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव र माधव नेपाल पक्षको भूमिका ।तर नेपाल पक्ष भने अहिले नै बैठक गर्नु अलि हतारो हुने भन्दै छ । त्यसैले केही समयपछि मात्रै पार्टीको बैठक होस् भन्ने धारणा नेपाल पक्षको रहेको छ । यसका लागि आजको बैठकमा नेपाल पक्षका भीम आचार्य, सुरेन्द्र पाण्डे लगायत केही नेता सहभागी छन् । उनीहरुले बैठक नराख्न र औपचारिक रुपमा कुनै निर्णय नलिन आग्रह गर्ने पक्षमा रहेका छन् ।तर ओलीको मूड हेर्दा आजकै बैठकबाट उनले नेपाल लगायत केही नेतामाथि फेरि कारबाही गर्ने सम्भावना देखिएको छ । यद्यपि यसबारे आजै निर्णय नलिन ओली पक्षबाटै दबाब परिरहेको छ ।Aउता, आजै दिउँसो ३ बजे एमाले संसदीय दलको बैठकसमेत बस्दैछ । उक्त बैठकमा पनि माधव नेपाल पक्षलाई आमन्त्रण गरिएको छ । संसदीय दलको बैठकमा नेता नेपाल स्वयं भने अनुपस्थित रहेपनि अन्य नेता सहभागी हुने बुझिएको छ ।

0Shares