खेलकुद

कस्ले मार्ला त विश्वकप क्लब फुटबल को उपाधी?

0Shares

काठमाडौँ,माघ २७; सोमबार राति भएको खेलमा इजिप्टको अल एहलीलाई २–० गोल अन्तरले हराउँदै जर्मन क्लब बायर्न उपाधि नजिक पुगेको हो । कतारको अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे। फिफा क्लब विश्वकप फुटबलको उपाधिका लागि बायर्न म्युनिख र टिग्रेस भिड्ने भएका छन्, यो जितपछि बायर्नले उपाधिका लागि फाइनलमा मेक्सिकोको टिग्रेससँग खेल्ने भएको हो । टिग्रेसले ब्राजिलको पाल्मेइरसलाई १–० गोल अन्तरले हराएर बायर्नसँगको भेट पक्का गरेको हो ।

0Shares