राष्ट्रिय

केपी शर्मा ओली पोखरा जाँदै

0Shares

काठमाडौ,फागुन १७: पछिल्लो समय निकै नै सार्वजनिक कार्यक्रममा सक्रिय रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोही क्रमलाई निरन्तरता दिन सोमबार पोखरा जाँदैछन् । नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन्।प्रधानमन्त्री ओली आज करिब बिहान ११ बजे पोखरा जाने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीले आजै गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास पनि गर्ने कार्यक्रम छ।नदीपुरमा उक्त प्रतिष्ठान बनाउन लागिएको छ। यस्तै पोखरा सभागृहमा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।प्रधानमन्त्री ओली आइतबार झापा पुगेका थिए। उनले त्यहाँ औद्योगिक पार्क र विभिन्न पुल उद्घाटन तथा शिलान्यासका कार्यक्रम गरेका थिए।पछिल्लो समय प्रधानमन्त्री ओली उद्घाटन र शिलान्यासका कार्यक्रममा देशका विभिन्न ठाउँ पुगेका छन्।प्रधानमन्त्री ओली मंगलबार पनि झापा जाने कार्यक्रम छ।

0Shares