ब्लग /साहित्य

कोभिड १९ ले परेको प्रभाव

0Shares
शिला पन्थी

कुनै पनि कुराको सकारात्मक र नकरात्मक पक्ष हुने गर्दछ |हाल विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड १९ ले नेपाल पनि अछुतो रहेन | वि.सं. २०७६ चैत्र ११ गते देखी २०७७ आषाढ मसान्त सम्म देशले बन्दाबन्दिको अवस्था व्यहोर्नु पर्यो | उक्त्त अवधिमा नेपाली जनजीवन कस्टकर बन्दै गयो | श्रावण १ गते देखी बन्दाबन्दि हटेपछि मानिसको चहलपहल शुरु भयो | काठमाडौँ उपत्यका लगाएत देशका प्रमुख शहरमा रोजगारी तथा आफ्नो पेशा व्यवशाय संचालनका लागि आ-आफ्नो घरतर्फ लागेका मानिसहरु फिर्ताआउन शुरु गरे संगै दिनानुदिन कोभिड १९ का बिरामीहरुको संख्या बढ्दो क्रममा गयो | यस संगै बिरामीहरुको संख्या बढ्दो क्रममा रहेका स्थानहरुमा स्थानिय प्रशासन को निर्णयमा देशका बिभिन्न ठाउमा पुन निषेधाज्ञा जारी गरि अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको छ | हालको यस विषम परिस्थितिमा मानविय जिबन कष्टकर हुदै गएको छ | बन्द गर्नु मात्र यसको समाधानको उपाय हुन सक्दैन विकल्पको खोजी गर्नु पर्दछ भन्ने विषयमा सरोकरवाला निकाएको ध्यान जानु जरुरी छ | अन्यथा अधिकांश नेपाली जनजीवनको बिहान बेलुकाको छाक टार्न नसकी मृत्युलाई अँगाल्नु बाहेक अरु केहि रहने छैन | हालको महामारीले विश्वनै तरंगित बनाएता पनि यसले सृजना गराएका केहि सकारात्मक र नकरात्मक पक्ष लाई केलाउने जमर्को गरिएको छ जुन यसप्रकार छन् |

सकारात्मक पक्ष

घर परिवारका सदस्यहरु संगै यति धरै लामो समय सम्म यसरी बस्न पाएका थिएनौ| पढाईको सिलसिलामा बाहिर गएका बैदेशिक यात्रा मा बाहिर गएका कतिपय मनिसहरु अहिले घर आएर बस्नुभएको छ | फोन बाट, फेसबुकमा मात्र कुरा गर्ने बानि अहिले घर परिवार संगै बसेर सुख दुख गर्न पाईएको छ |

वातावरणीय प्रदूषण पनि केहि हदसम्म नियन्त्रण भएको छ | दैनिक रुपमा चल्ने सवारी साधनको धुवा, धुलो , ध्वनिले गर्दा वातावरण प्रदूषण भएको थियो |यौ पनि कम भएको देख्न सकिन्छ| सवारीसाधनको दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या पनि कम भएको छ|

मानिसहरु पैसाहुदा ठूलाठूला होटेलबाट प्याकिंग गरेका खानेकुरा मगाउने र खाने गर्थे ,यहि नै ठुलो रहेछ भन्ने धारणा थियो भने अहिले केहि हदसम्म कम भएको छ| आफ्नै घरमा बनाएको आफ्नै करेसा बारीमा उब्जेका खाने कुरा खानुपर्दो रहेछ भन्ने ज्ञानको विकास भएको छ|

हामीले आफ्नो’ सस्कृतिलाई भूली विदेशी सस्कृति अंगालिरहेका थियौ जस्तो कि जुठो खाने, अंकमाल गर्ने, पार्टी गर्ने, धरै मानिस भेला हुने जस्तो क्रियाकलाहरु गर्ने गर्दथ्यौ जसले गर्दा विभिन्न किसिमका रोगहरु सर्ने डर हुने गर्दथ्यो भने हाम्रो सस्कृतिमा मानिस भेटहुदा नमस्कार गर्ने, आदर सत्कार गर्ने, जुठो नखाने, सामाजिक दुरी कायम राख्ने जस्ता परम्परा र मान्यता ठिक रहेछन भन्ने भावना विकाश भएको छ |

नकारात्मक पक्ष

हामी नेपाली प्राय आर्थिक रुपमा त्यति सबल छैनौ यति लामो ५/५ महीना सम्म लकडाउन हुदा के खाने, कसरी घर भाडा तीर्ने बैक ॠण कसरी तीर्ने भन्ने कुरा आम नेपालीको मुख्य समस्या हो।

विहान बेलुका मजदुरी गरी पेट पाल्ने कती को त घरमा चुलो बोल्न पनी गाह्रो भयको अबस्था उत्पन्न भएको छ।

नेपालमा उत्पादीत कृषि सामाग्रीहरुले उचीत बजार नपाउदा कृषक आर्थिक मारमा परेको देखीन्छ भने उत्पादन गरेको सामानले बजार भाउ नपाउदा कुहिएर जाने अबस्था आएको छ।

कोरोनाको डरले गर्दा कतिपय स्वास्थ्य सेबाको प्रयोग गर्न बाट पनी बन्चित भएको हुँदा कतिपय ओंेषधिको बजारमा आपुर्ती नहुँदा मानीसलाई थप पिडा भएको छ,अकालमा ज्यान गुमाउन परेको छ अझ भन्नु पर्दा सुत्केरी महीलालाई धेरै नै असर पारेको देखीन्छ |

वैदेशिक रोजगारमा गएका कतीपय युवायुवती हरु उता काम रोकीदा बीचल्लीमा परेका छन भने उताबाट पैसा पठाएर यता घर खर्च चलाउला भन्ने धेरैलाई अब खर्च कसरी चलाउने कसरी आफन्तलाई आफ्नो देशमा फर्काउने भन्ने चीन्ताले पिरली रहेको छ |

आज पाच पाच महिना सम्म लकडाउन हुदा देशमा व्यापार व्यवासाय, उद्योग, कलकारखाना, पर्यटन क्षेत्र, विध्धालय प्राय सबै जसो क्षेत्र बन्द छन्, जसले गर्दा अर्थतन्त्रमा धेरै गिरावट आएको छ’ पर्यटन क्षेत्र ठप्प हुदा होटेल व्यवासाय पनि मारमा परेका छन् | लामो समय बन्द हुदा घर भाडा कसरी तिर्ने कर्मचारीलाई तलब कसरी दिने भन्ने समस्या आएका छन् | भने कति कर्मचारीहरुलाई आफ्नो जागिर बाट निकाल्नु पर्ने बध्धता छ, रोजगारी गुमाउनु परेको छ|

यसको मारबाट विभिन्न तहका विधार्थीहरुको मनोबलमा असर परेको देखिन्छ| विद्यालयले अनलाईन कक्षा संचालन गरेता पनि कतिपय विद्यार्थी यसको पहुँचवाट बाहिर छन् |

सरकारले उचित क्वारेन्टाइन व्यवस्थापन गर्न नसक्दा, क्वारेन्टाइन स्थल नै कोरोनाको उच्च जोखिम हुन गए , विदेशमा अलपत्र परेका नागरिकलाई आफ्नो देशमा ल्याउन सकेको छैन | देशमा आएका पनि बढी भाडा तिरेर आउन बाद्य भएका छन् |

आशा गरौ यो महामारीको छिटै अन्त्य होस र पुन पहिलेकै अवस्थामा फर्किन सकौ

लेखक: शिला पन्थी

पश्चिमान्चल क्याम्पस पोखरामा अध्यनरत छात्रा

0Shares