खेलकुद

कोरोनाका कारण आइपिएल स्थगित

0Shares

काठमाडौ,वैशाख २१ : भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल स्थगित गरेको हो । पछिल्लो पटक सनराइजर्स हैदरावादका ऋद्धिमान साहलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। यस्तै दिल्ली क्यापिटल्सका अमित मिश्रालाई पनि कोरोना लागेको थियो । आइपिएलअन्तर्गत मंगलबार हैदरावाद र मुम्बई इन्डियन्सबीच खेल हुँदै थियो । कोरोनाको असरलाई मध्यनजर गर्दै आइपिएलमा स्वास्थ्य मापदण्ड अपनाएर खेल हुँदै आएको थियो । खेलहरू दर्शकबिनाको रंगशालामा हुँदै आएका थिए । यसअघि बुधबारका लागि तय भएको चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भएको थियो ।

चेन्नईले आफ्नो टिम सोमबारदेखि एक साता क्वारेन्टिनमा बस्ने आयोजकलाई जानकारी गराएपछि खेल स्थगित गरिएको हो । यसअघि सोमबार चेन्नईका सिइओ विश्वनाथनसहित बलिङ प्रशिक्षक एल बालाजी र एक ड्राइभरलाई कोरोना भाइरसको संक्रमण भएको थियो । हिजो सोमबार लागि तय भएको कोलकता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल पनि स्थगित भएको थियो कोलकताका दुई जना खेलाडीलाई कोरोना लागेपछि खेल स्थगित भएको थियो । कोलकताका बलरद्वय बरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना लागेको थियो। आइपिएलमा यसअघिका २९ खेलसम्म कोरोनाको असर देखिएको थिएन । कोलकता र बैंग्लोरबीचको ३०औं खेलदेखि भने असर देखिएको हो ।

0Shares