अन्तराष्ट्रिय

कोरोनाको जोखिम बढे पनि बेलायतमा विद्यालय खुलाउने

0Shares

काठमाण्डौ, पुस २० तयारी बेलायतमा कोरोना भाइरसको संक्रमणको जोखिमकाबीच विद्यालय खुलाउने तयारी भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको जोखिम बढे पनि विद्यालय खुलाउन समस्या नभएको भन्दै बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेका छन् । विद्यालय लामो समयदेखि बन्द रहँदा बालबालिकाको भविष्यमा अन्योल बढ्न सक्ने र लाखौँ विद्यार्थीको पढाइमा समस्या भएको भन्दै उनले अभिभावकलाई खुला गरिने विद्यालयमा आफ्ना बालबालिकालाई पठाएर सहयोग गर्न आग्रह गरेको बीबीसीले जनाएको छ । कोरोनाको जोखिम रहेकाले यो भाइरसविरुद्ध कडा प्रतिबन्धात्मक नियमलाई भने लागू गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । आउँदो केही हप्तामा बेलायतका केही ठाउँमा कडा प्रतिबन्धात्मक नियम लाग्न सक्ने जोनसनले बताएका छन् । बेलायतले एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिडविरूद्धको खोप प्रयोगका लागि अनुमति दिइसकेको छ ।

0Shares