खोप अभाव हुने छैन प्रधानमन्त्री ओली
काठमाडौ,असार २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको डेढ करोड डोज खोप आउने सुनिश्चित भएको बताउनुएको छ । प्रधानमन्त्रीबाट विदाइ हुनुअघि सिंहदरबारमा सम्बोधन गर्दै कोभिडविरुद्धको डेढ करोड खोप सुनिश्चित भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘चीन, अमेरिका, जापान लगायतका देशहरूबाट अनुदान प्राप्त र खरिद गरेर १ करोड ५० लाख डोज खोप आएको छ, आउँदै छ ।’प्रधानमन्त्री ओलीले बालबालिकाका लागि लगाउने मिल्ने ६० लाख डोज खोप खरिद प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो । उहाँले नेपालमा अब खोपको अभाव नरहेको दाबी गर्नुभएको छ । साथै ओलीले छिमेकी राष्ट्र हरुलाई विशेष धन्यवाद दिनुभएको छ । कोरोनाको विरुद्ध खटिएका डाक्टर नर्स लगायत सरोकारवालाहरुलाई लाई पनि धन्यवाद दिनुभएको छ ।