राष्ट्रिय

गोरखा भित्रने नाकामा आजदेखि सेना

0Shares

गोरखा भित्रने नाकामा आजदेखि कडाइ गरिएको छ।

तनहुँको आँबुखैरेनीबाट गोरखा भित्रने नाका मझुवा देउरालीमा बिहीबारदेखि नेपाली सेनाले डियुटी सुरू गरेको हो।

गोरखा भित्रने अन्य नाका तनहुँको नयाँ पुल हुँदै गोरखाको च्याङ्लीमा जोड्ने पुलमा शसस्त्र प्रहरी खटाइएको छ।

यस्तै धादिङ बेनिघाट हुँदै गोरखा घ्याल्चोक जोड्ने नाकामा पनि शसस्त्र प्रहरी खटिएका छन्।

बुधबार बसेको जिल्ला सुरक्षा समिति बैठकले जेठ ५ सम्म खाद्यान्न बोक्ने गाडी पनि बन्द गर्ने र नाकाहरूमा सुरक्षा बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

यस्तै धादिङ सल्यानटार हुँदै आरूघाट प्रवेश गर्ने नाकामा पनि प्रहरी खटिएका छन्। नाकामा खटिएका सुरक्षाकर्मीले चेकजाँच कडा पार्ने प्रशासनले जनाएको छ। जिल्लामा कोरोना संक्रमित भित्रन नदिन भन्दै प्रशासनले कडाइ गरेको हो।

जिल्ला प्रशासनले गृहको निर्देशनपछि सबैखाले पास रद्द गरिदिएको छ। वडाध्यक्षलगायत जनप्रतिनिधिलाई अन्तर जिल्ला जान दिइएको छ भने अरूलाई निषेध छ। गोरखामा औषधि पसल खुलेका छन्, विरामी बोक्ने एम्बुलेन्स सञ्चालन भइरहेको छ।

गोरखामा अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन्।

Source:Setopati.com

0Shares