पुंजीबजार

ग्रीन डेभपलपमेन्ट बैंकले लाभांश वितरण गर्ने

0Shares

काठमाण्डौ, माघ २९ : ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) सञ्चालक समितिको माघ २८ गते बसेको बैठकले आफ्ना शेयर धनिहरुकालागी ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको प्रस्ताव गरेको छ।

नेपाल राष्ट्र बैंकको प्रारम्भिक स्वीकृती बमोजिम बैंकको शेयर प्रिमियम बापत रहेको रकमबाट चुक्ता पूँजीको एक प्रतिशत हुन आउने ५० लाख रुपैयाँ बराबरको बोनस शेयर, आर्थिक वर्ष २०७६/७७ सम्मको वित्तरण योग्य मुनाफाबाट चुक्ता पूँजीको २.८० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ र कर प्रयोजनको लागि ०.२० प्रतिशतले हुन आउने १० लाख रुपैयाँ नगद गरी कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृती र बैंकको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ भनि बैंकले मिति २०७७/१०/२८ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाइ पत्राचार गरेको छ।

0Shares