पुंजीबजार

ग्लोबल आइएमई लघुवित्त शेयर नेप्सेमा सूचीकृत

0Shares

काठमाडौ,जेठ २३ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था (GILB) को शेयर सूचीकृत भएको छ । आइतबार लघुवित्तको १० लाख ८ हजार २६१.७८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले प्राप्ती गरेको स्पर्स लघुवित्त वित्तीय संस्था तर्फको शेयर ग्लोबल आइएमई लघुवित्तको नाममा सूचीकृत भएको नेप्सेले जनाएको छ । ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई १ः०.९० को अनुपातमा प्राप्ति गरेको थियो । धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी उक्त शेयर सूचीकृत भएको हो ।

0Shares