खेलकुद

दिल्ली क्यापिटल्सको जित

0Shares

काठमाडौ,वैशाख ८: आईपीएलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। मंगलबार राति भएको खेलमा दिल्लीले मुम्बईमाथि ६ विकेटको जित हात पारेको हो। मुम्बईले दिएको १३८ रनको सामान्य लक्ष्य दिल्लीले अन्तिम ओभरको पहिलो बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो।
दिल्लीका लागि शिखर धवनले ४५ रन, स्टिभ स्मिथले ३३ रन र ललित यादवले नटआउट २२ रन जोडे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले ९ विकेट गुमाएर १३७ रन मात्र जोड्न सक्यो। उसका लागि ओपनर रोहित शर्माले ४४ रन जोडे।दिल्लीका अमित मिश्राको बलमा आउट हुनुअघि उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे। मिश्राले रोहितसहित मुम्बईका चार ब्याट्सम्यानलाई आफ्नो सिकार बनाए। उनले चार विकेट लिँदा २४ रन खर्चिएका थिए।आभेश खानले २ विकेट लिए भने कागिसो राबाडा, मार्कस स्टोइनिस र ललित यावदले १-१ विकेट हात पारे। आइपिएलको अंक तालिकामा दिल्ली ६ अंक जोडेर दोस्रो स्थानमा छ भने चौथो स्थानको मुम्बईको ४ अंक छ।

0Shares