खेलकुद

दिल्ली क्यापिटल्सले सानदार जित

0Shares

काठमाडौ,वैशाख ६: शिखर धवनको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा दिल्ली क्यापिटल्सले सानदार जित हात पारेको छ । दिल्लीले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै सानदार जित निकालेको हो । जितको लागि १ सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै १ सय ९८ रन बनायो ।दिल्लीका लागि शिखर धवनले सर्वाधिक ९२ रनको अर्धशतकीय पारी खेले । उनले ४९ बल खर्चेर १३ चौका र २ छक्का प्रहार गरे । मार्कस स्टोइनिसले १३ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा अविजित रहे । पृथ्वी शाले १७ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए ।
कप्तान ऋषभ पन्तले १६ बलमा १ छक्कासहित १५ रन बनाए । ललित यादव १२ रनमा अविजित रहे । उनले ६ बलमा बलमा २ चौकासहित १२ रन बनाए । स्टीव स्मिथ १२ बलमा ९ रन बनाएर आउट भए । पन्जाबका झेय रिचर्ड्सनले २ विकेट लिए अर्शदीप सिंह र रायली मेरेडीथ एक–एक विकेट लिए । यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९५ रन बनायो । पन्जाबकालागि मयंक अग्रवालले ६९ रनको अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ६९ रन प्रहार गरे । पन्जाबका कप्तान लोकेश राहुलले ५१ बलमा ७ चौका र २ छक्का सहित ६१ रन बनाए ।दिपक हुडा २२ रनमा अविजित रहे । उनले बलमा १३ बलमा २ छक्कासहित २२ रन बनाए । शाहरुख खान ५ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे ।यस्तै, क्रिस गेल ९ बलमा एक छक्कासहित ११ रन बनाए । निकोलस पुरनले ८ बलमा १ चौकासहित ९ रन जोडे ।बलिङतर्फ दिल्लीका लुकमन मेरीवाला, कगिसो रवाडा, आवेश खान र क्रिस वोक्सले समान एक–एक विकेट लिए ।

0Shares