राष्ट्रिय

नि:शुल्क अस्पताल यातायात सेवा संचालन गरे गगन थापा

0Shares

काठमाडौ,जेठ ५ : कोरोना महामारीको चपेटामा परेका नागरिकहरुका लागी नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन कुमार थापाले घरमै आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूलाई अस्पताल आउजाउ गर्नुपरे यातायात सेवा दिने बताएका छन् । यो सेवा काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दालाई लक्षित गरेर सुरू गरिएको हो।‘कोरोना संक्रमितका लागि एम्बुलेन्स र यो बेला यातायात सेवा पाउन गाह्रो छ, त्यसैले हामीले केही सहयोगीहरूको सहयोगमा सवारी साधनको व्यवस्थापन गरेर सेवा सुरू गरिएको कुरा ,’ थापाले जानकारी गराए ।
थापाका अनुसार आइसोलेसनमा रहेकाहरू अस्पताल आउजाउ गर्न, परीक्षणमा जान वा आइसोलेसन सेन्टर जान यातायात आवश्यक परे सहयोग गर्न सकिन्छ । काठमाडौं महानगरतर्फ 9851096303 र बुढानिलकण्ठ नगरपालिकातर्फ 9851065256 र 9851072129 मोबाइल नम्बरमा सम्पर्क गर्न थापाले अनुरोध गरेका छन्

0Shares