कृषि

नेपालमा यार्सागुम्बा को ब्यबसायिक खेतिको तयारी

0Shares

पृथीनारायण क्याम्पस पोखरा का प्रध्यापक  टिकाराम अर्याल बिगत लामो समय देखि च्याउ तथा ढुसी संग सम्बन्धित धेरै खाले अध्यन अनुसन्धान गर्दै आएका छन् ।हालै उनले यार्सागुम्बा प्रजाती अन्तर्गत (cordyceps militaris)को उत्पादन परिक्षण सफल भएको जनाएका छन् ।नेपाल को इतिहासमा च्याउ सम्बन्धित यो ठुलो उपलब्धि को रुपमा लिन सकिन्छ । मेहनत गर्यो भने नेपालमै असम्भव भन्ने केहि छैन भन्ने कुरा गतिलो उदाहरण को रुपमा लिन सकिन्छ । अर्याल का अनुसार यो नया जाति को च्याउ को नेपाली नाम नभएको ले गर्दा यसलाई यार्सागुम्बा नै भन्दा पनि फरक देखिदैन किनकि यार्सागुम्बा र यसमा धेरै भिन्नता नरहेको कुरा जानकारी गराएका छन् ।तर केहि च्याउ बिज्ञे का अनुसार यसलाई यार्सागुम्बा भन्न मिल्दैन भन्दै असमति पनि जनाएको देखिएको छ ।

  “स्वस्थ च्याउ खाऊ जिबन को आयु बढाऊ” भन्ने  कुराको प्रमोसन गर्दै अर्याल ले पोखराको लामाचौर मा नेपालकै नमुना अनि पहिलो  (Mushroom Culure Bank)को झन्डै २ बर्ष अगाडी  स्थापना गरेका थिए । हाम्रो गाप्स मिडिया को टीम उनकै कार्यालय मा गएर गरेको भेटमा  उनि  भनछन् मेहनत गर्ने हरुलाई कुनैपनि कुरा असम्भव छैन रहेछ किनकि मेरो यस परिक्षणको सफलताले जनाउछ ।आफु संग भएको ज्ञान लाई चौतर्फी प्रयोग गरि नया नया सिर्जना गरेर नेपाली सामुदायलाई नै टेवा  पुर्याउन सक्ने विश्वास अर्यालले व्यक्त गरेका छन् । अर्याल भन्छन, मेरो देश बाट दैनिक हजारौको शंख्यामा बिदेसिने युबाहरु नेपालमै रोजगारी को सिर्जना गरि रोक्न सकिन्छ ।यदी युवा हरु इक्छुक हुनुहुन्छ भने म उहाहरु लाई नेपाल मै रोजगारी को सिर्जना गराउनसक्छु ।युवामा जोश जागर इच्छाशक्ति र आत्माबिश्वास हुन पर्दछ ।हामीले हाम्रै ओरिपरि को अवसर चिन्न सकिराखेका छैनौ, मलाई लाग्छ यही च्याउ बाट मात्र पनि अलिकति आर्थिक उन्नति मा टेवा  पक्कै पुग्छ । नेपाली समाज च्याउ र च्याउ सम्बन्धिका  फाइदा हरु को बारेमा अनबिज्ञ छ । बिभीन्न प्रकारका च्याउ र च्याउ को फाइदा मुलक जानकारी को बारेमा सचेतना कार्येक्रम गर्ने हो भने, मलाई लाग्छ नेपालको पर्त्येक घरधुरीक च्याउ ब्यबसायी को रुपमा  स्थापित हुन सक्छन ।मैले उत्पादन गरेको बिउ बाट कोहि पनि निरास हुनु पर्दैन ।जुन कुरा म ग्यारेन्टीको साथ भन्न सक्छु ।आफ्नै देशको उत्पादन खादा अलिठुलो (आ ) गरेर खान सकिन्छ । आफ्नो परिवार संगै बसेर परिवारको सदश्यहरुको मेहनत परिवार को आर्थिक स्थितिमा सुधार गरि अफु र आफ्नो परिवार लाई खुसि बनाउनु होस् ।

             यसै सन्दर्भ मा, वास्तविक यार्सागुम्बा लाई अहिले सम्म संसार को कुनै ल्याब मा उत्पादन नभएको अबस्तामा नेपालकै च्याउ बिज्ञे ले यार्सागुम्बा प्रजाती को  cordyceps militaris लाई नेपालमा उत्पादन सुरु गर्नु हाम्रो लाई निकैनै गौरब को कुरा हो ।यसलाई र यार्सागुम्बा लाई  बैज्ञानिक रुप मा ब्याख्या गर्दा  स्वादको मात्र भिन्नता भएको पाईएको छ ।cordyceps Sinesis(यार्सागुम्बा ) र  cordyceps militaris(अर्थात् नया यार्सागुम्बा  ) लाई यसरी तुलना गरि हेर्न सकिन्छ ।


Cordyceps Sinesis (यार्सागुम्बा ) Cordyceps Militaris (नया यार्सागुम्बा ) 
Kingdom Fungi Fungi
Class Sordariomycetes  Sordariomycetes 
Order Hypocreals  Hypocreals 
Family cordycipitaceae cordycipitaceae
Genus cordyceps cordyceps
Species cordyceps Sinesis cordyceps Militaris 

देशमा रोजगारी को अवसर सिर्जना गर्ने यस्ता खाले अनुसन्धानमा सबैको सहयोग हुनु पर्ने जरुरि देखिन्छ । देशमा कच्चा पदार्थ तथा प्रबिधि को अभावका बाबजुत पनि अर्याल को यो सफलता हामी सबै को सफलता हो भन्न हामी सबै नेपालीले सक्नु पर्छ किनकि काम गर्ने को सपोर्ट गरौ खुट्टा तान्ने काम नगरौ ।  यो समाचार तयार पर्दा हाम्रो टिमले अर्याल ले आफ्नो फेसबुकमा खुसीका साथ गरेको पोस्ट पनि हेरेका थियौ त्यो पोस्ट मा यसको नाम लाई लिएर सामान्य बहस  भएको जस्तो देखीन्न्छ । यो सरासर गलत हो जस्तो लाग्छ  फेसबुक मा Suman Maharjan र Giri Tripathi  ले यो च्याउ लाई यार्सागुम्बा भनेर गलत पर्चार नगर्न अनुरोध गरेका छन् । तर अर्याल भेने यसलाई यार्सागुम्बा भन्दा कुनै फरक नपर्ने कुरा जानकारी गराएका छन् ।  किनकि “बोइलर कुखुरा”  र “लोकल कुखुरा” लाई हामी सबै ले “कुखुरा” नै भेनेर चिन्ने गरेका छौ ।  नाम मात्र “बोइलर कुखुरा”  र “लोकल कुखुरा” हो तर जात त  “कुखुरा” नै हो भेनेझैँ  cordyceps Militaris र cordyceps Sinesis लाइ cordyceps भन्न मिल्ने कुराको जानकारी गरेका छन् ।

यो च्याउ को मेडिकल भ्यालु धेरै रहेको जानकारी पनि अर्याल आफ्नो फेसबुकमा भेनेका छन् उनि भन्छन Cordycep militaris have lot of health benefits 1) Anti – aging 2) Atheltic performance 3) Diabetics 4) kidney protective  5)Sexual function 6)Fertility 7)Hepatoprotective 8) Respiratory disease  9)Antiviral 10) Anticancer यति धेरै फाइदै फाइदै भेयको Cordycep militaris को ब्यबसायिक रुपमा अघि जाने सम्भावना धेरै रहेको हुनाले च्याउ खेतिमा आफ्नो भबिस्ये खोज्दै गरेका युवा हरु यसमा अकर्सित भएका छन् ।

0Shares