खेलकुद

नेपालले मलेसिया विरुद्ध शानदार जीत

0Shares

काठमाडौ,वैशाख ९: काठमाण्डौमा जारी त्रिदेशीय त्रिकेट प्रतियोगीतमा नेपालले मलेसिया विरुद्ध शानदार जीत निकालेको छ ।आज सम्मपन खेलमा नेपालले मलेसियालाई २ सय १८ रनको विशाल लक्ष दिएको छ । लक्ष भेटाउनसंघर्ष गरेको मलेसियाले निर्धारित २० ओभरको खेलमा दश विकेटको क्षतिमा केवल १ सय ४७ रन मात्र बनाउन सफल भयो । योसँगै नेपालले ६९ रनको विशाल जीत पक्का गरेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारी २० ओभरको खेलमा ७ विकेट गुमाउदै सो लक्ष दिएको हो ।नेपालका लागि करण केसीले आक्रामक ब्याटिङ गरेका थिए । उनले १३ बलमा ४५ रनको योगदान गरेका थिए । त्यस्तै दिपेन्द्रसिँह ऐरीले ३३,आशिफले ४२,ज्ञानेन्द्र मल्लले ४१ साथै कुशलले १६ रनको योगदन दिए ।कुशल मल्ल र सोमपाल भने क्रमश १९ र २ रनमा नटआउट रहे ।

0Shares