राष्ट्रिय

नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै

0Shares

काठमाडौ,साउन १: नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दैछ।कांग्रस सभापतिसमेत रहेका प्रधामन्त्री शेरबहादुर देउवाले बिहिबारका लागि बोलाएको पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक उनी व्यस्त बनेसँगै आजका लागि सारिएको थियो।
बैठक शुक्रबार दिउँसो २ बजे बालुवाटारमा बस्ने जनाइएको छ।बैठकमा नयाँ सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र आसन्न महाधिवेशनका सन्दर्भमा छलफल हुने बताइएको छ। कांग्रेसको तल्लो तहको अधिवेशनको मिति फेरि सार्ने तयारी गरिएको छ।केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी तल्लो तहको अधिवेशनको मिति केही समय सार्न लागिएको हो। शीर्ष नेताहरुको बैठकले सम्भवत: नयाँ कार्यतालिकाबारे निर्णय गर्नेछ।वडा, गाउँ/नगर, जिल्ला र प्रदेश निर्वाचनको मिति केही दिन पर धकेलिने क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए।साउन १२ बाट वडा तहको अधिवेशन गरी तल्लो तहका अधिवेशन सुरु गर्ने कार्यतालिका यसअघि सार्वजनिक गरिएको थियो। तल्लो तहको अधिवेशनको मिति केही दिन पर सार्ने भनिएपनि कति दिन भन्नेबारे खुलाइएको छैन।

0Shares