नेप्से परिसूचक घट्दो क्रममा
काठमाण्डौ,फागुन २: आइतबार नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात ३३.३३ अंक घटेर २४९३.५९ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ९.३१ अंक घटेर ४५४.१२ विन्दुमा झरेको छ। साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस साताको पहिलो कारोबार दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ।
त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स २.१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५१ अंक घटेको छ।आज २०२ कम्पनीको ५८ हजार ३०९ पटकको कारोबारमा ६ अर्ब ९२ करोड ७६ लाख ६८ लाख रुपैयाँ बराबरको १ करोड ४८ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत बिहीबार बजारमा झण्डै साढे ८ अर्बको शेयर कारोबार भएको थियो।