नेप्सेमा उतार चढाब
काठमाडौँ,माघ २२: हीज उच्च अंकले बढेको बजारमा आज ६ अंकको करेक्सन देखिएको छ। दिनभर उतारचढाव देखिएको बजार अन्तिममा ६ अंकले घटेर बन्द भएको छ। बुधबार नेप्से सूचक ६.८१ अंकले घटेर २४६६.९२ विन्दुमा झरेको छ। यस दिन कारोबारमा आएका १२ वटा उपसमूहहरुमध्ये ४ वटा उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा व्यापार उपसमूहको सूचक २.२१ प्रतिशतले घटेको छ।बुधबार २०२ वटा कम्पनीको २ करोड २० लाख ४० हजार ५१६ कित्ता शेयर ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ रुपैयाँमा खरिद बिक्री भएको।
बुधबार ४ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वाभिमान लघुवित्तको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने उन्नति लघुवित्तको ९.९८ प्रतिशत, जनउत्थान सामुदायीक लघुवित्तको ९.९८ प्रतिशत र र महुलि सामुदायिक लघुवित्तको ९.८१ प्रतिशतले बढेको छ। भने पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ७.८८ प्रतिशतले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको ४.३९ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ३.८६ प्रतिशत, प्रोग्रेशिभ फाइनान्सको ३.५८ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको ३.४५ प्रतिशतले घटेको छ।बुधबार ग्लोबल आईएमई बैंकको सबैभन्दा धेरै ६० करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड २० लाख, अरुण कावेली पावरको ३४ करोड ६० लाख, नेपाल दुरसञ्चार कम्पनीको ३२ करोड ५४ लाख र नेपाल बैंकको २९ करोड रुपेयाँ बराबरको शेयर कारोबार भएको छ।यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५८ वटा कम्पनीको शेयरमूल्य बढेको छ। त्य