राष्ट्रिय

पत्रकारलाई सूचना विभागको पास अनिवार्य

0Shares

काठमाडौ,वैशाख १८ : पछिल्लो समय प्रेस कार्डको दुरूपयोग बढ्दै गएपछि सरकारले पत्रकारलाई थप कडाइ गरेको छ । शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) को हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो ।

यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड भए पुग्ने थियो। यसैगरी बैठकले निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने निर्णय गरेको छ ।

0Shares