राष्ट्रिय

पदाधिकारी बैठकपछि कांग्रेसले जसपासँग छलफल गर्ने

0Shares

काठमाडौ,फागुन २८: नेपाली काग्रेस का पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रवार अपराह्न ३ बजे बैठक बस्दै छ। बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन, बदलिँदो राजनीतिक सत्ता समीकरणलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
आज कांग्रेसले जनता समाजवादी पार्टी नेपालसँग पनि समसामयिक राजनीतिक विषयमा छलफल गर्दैछ। सभापति देउवा निवासमा अपराह्न ४ बजे कांग्रेस र जसपा नेपालका शीर्ष नेताबीच समसामयिक विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए ।गत पुस ५ गते सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापना गर्ने निर्णय गरेपछि र सर्वोच्चले नै यही फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन अमान्य हुने फैसला गरेपछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ ।

0Shares