राष्ट्रिय

पहिलोे प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप:प्रधानमन्त्री

0Shares

काठमाडौ,साउन ४: प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको पहिलोे प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप भएको बताएका छन् ।आइतबार विहान नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गर्दै प्रधानमन्त्री देउवाले खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि दिएका छन् ।
प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै कोरोना विरुद्धको खोप पहिलो प्राथमिकता भएको बताएका देउवाले आइतबार साँझ प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नेक्रममा पनि सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता पनि खोप भएको बताएका थिए ।प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री देउवाले अहिलेलाई विकासभन्दा पनि नागरिकको जीवनरक्षा महत्वपूर्ण भएको बताएका थिए ।

0Shares