राष्ट्रिय

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

0Shares

काठमाडौ,जेठ ३ : कोरोना कहरबीच नेपाल आयल निगमले आइतबार पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाइएको हो । अब पेट्रोल १ सय २३, डिजेल/मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर उपभोक्ताले तिर्नुपर्ने छ ।
निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको दाबी गरिएको छ ।

0Shares